२०८१ फाल्गुन २२, बिहीबार २०:०९

जनकपुरधामस्थित प्रादेशिक अस्पताल अगाडि रहेको न्यू जनकपुर गेस्ट हाउसमा एक जना पुरुष मृत अवस्थामा फेला परेको छ ।

बिहीबार दिउँसो उक्त गेस्ट हाउसको कोठा नम्बर ३०१ मा ओछ्यानमै अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेका हुन ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार मृत फेला परेका पुरुष महोत्तरीको बनौली ४ का विनोद चौधरीको छोरा सागरकान्त चौधरी रहेका छन् । दिउँसो ३ बजे होटल संचालकले चौधरी मृत फेला परेको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी सो होटलमा पुगेका थिए । मृतकको आफन्त अहिलेसम्म नआएका कारण शव होटलको बेडमै रहेको डिएपी सिंहले जानकारी दिए । उनले मृतकको आफ्न्त आए पछि मात्र शवको मुचुल्का गरी पोस्टमार्टमका लागि पठाउने बताए ।

Comment


Related News

Latest News

Trending News