२०८१ फाल्गुन २३, शुक्रबार ०८:०१

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सत्ताधारी दलहरुले लोकतन्त्रलाई लुटतन्त्र बनाएको आरोप लगाएका छन् ।

बाराको बारागढी गाउँपालिकाको पिपरा बजारमा बिहीबार आयोजित आजपाको प्रथम गाउँपालिका भेलामा बोल्दै ठूला तथा सत्ताधारी दलहरुले लोकतन्त्रलाई लुटतन्त्र बनाएको आरोप लगाए । लोकतन्त्रको नाममा जनता ठग्ने मन्त्र बनाउने गरेको, भ्रष्टाचार गर्ने गरेको, जनतामाथि ऋण बोकाउने र राज्यको ढुकुटी खाली गराउने प्रवृत्ति मौलाएको उनले आरोप लगाए । देशलाई यसबाट जोगाउन जनता सडकमा उर्लिनुको विकल्प नरहेको उनको भनाइ छ ।

उनले भने, ‘दलाल र विचौलियाको आडमा लोकतन्त्र होइन, ठूला र सत्ताधारी दलतन्त्र चलेकोले देश आर्थिक दलदलमा फस्दै गइरहेको छ,’ उनले अघि थप्दौ भने, ‘लोकतन्त्रको नाममा नेताहरुले राज्यको ढुकुटी सिध्याएर नेपालीमाथि ऋणको भार बोकाएको र विभिन्न भ्रष्टाचारका काण्डले मुलुक धरासायी बन्दै गएको छ ।’ सरकारमा भएका दलहरुले मिलेरै भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै उनले भने, ‘सरकारले ठूला भ्रष्टाचार काण्डको फाईल पल्टाउन चाहेको छैन ।’

संघीय सांसद साहले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेकोले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताए । सरकारकै संयन्त्रले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा प्रधानमन्त्री आफैं असफल भएको भन्दै कुन नैतिकताले सरकारको नेतृत्वमा बस्न मिल्छ भन्दै अध्यक्ष साहले प्रश्न समेत गरे । उनले भने, ‘प्रधानमन्त्री ओलीसहित १२ जना मन्त्रीहरुको कार्यसम्पादन रिपोर्टअनुसार ३५ प्रतिशत अंक आएको छैन । प्रधानमन्त्री ओलीको जम्मा २८ प्रतिशतमात्रै अंक आएको छ, ‘देशको नेतृत्वकर्ता नै असफल भएपछि देश कसरी उभो लाग्छ

Comment


Related News

Latest News

Trending News