२०८१ फाल्गुन २३, शुक्रबार ०९:१५

राष्ट्रिय सभाको बैठक पनि शुक्रबार बस्दैछ। बैठक दिउँसो सवा १ बजे शुरु हुनेछ।

राष्ट्रिय सभाको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर हुनेछ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९-८० को छैटौँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ  कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’  दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

 

Comment


Related News

Latest News

Trending News