२०८१ फाल्गुन २३, शुक्रबार ०९:४१

बारा सदरमुकाम कलैया बघवन सडक खण्डमा आज बिहान यात्रुवाहक बस र मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाईकल चालक रौतहटका एक युवकको मृत्यु भएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका ५ बरगिनिया बस्ने वर्ष ३५को अनिल प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताएका छन्।

आज बिहान सवा ३ बजे कलैया बघवन स्थित   बरियारपुरबाट कलैया तर्फ जाँदै गरेको ना ६ ख ५०६७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ७३६७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक यादव  गम्भीर घाइते भएका थिए।

उनलाई प्रादेशिक अस्पताल कलैयामा उपचारको लागि लागिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भई सकेको घोषणा गरेको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालको शव गृहमा राखिएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ ।

Comment


Related News