२०८१ फाल्गुन २३, शुक्रबार १३:१५

महोत्तरीको महोत्तरी गाउँपालिका ५ गोरिगामामा बस पल्टिँदा एक दर्जन बढी यात्रु घाइते भएका छन् ।

रौजाबाट जलेश्वरतर्फ जाँदै गरेको ना३ख ८९९७ नं. को यात्रुवाहक बस शुक्रबार करिब १०ः३० बजे गति अनियन्त्रित भई खेतमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनाम घाइते भएकाहरुलाई आवश्यक उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर तथा नजिकको अस्पतालहरुमा पठाइएको जिल्ला प्रहरीले कार्यालय महोत्तरीले जनाएको छ ।

अहिलेसम्म कुनै मानवीय क्षती नभएको र घाइतेहरुको अवस्था पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बसका चालक र सहचालक भने फरार रहेका छन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र फरार रहेका चालक र सहचालकको खोची भइरहेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News