२०८१ फाल्गुन २४, शनिबार १६:५९

सात किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुवै भारतीय नागरिक हुन् ।

सात किलो १६५ ग्राम अवैध लागुऔषध गाँजासहित शुक्रबार (फागुन २३) बेलुका उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पक्राउ पर्नेमा ३० वर्षीय अजित कुन्नमपुरथु वार्के र २४ वर्षीय एन डेन्सिल छन् । नेपाल एयरलाइन्सको उडानमार्फत थाइल्यान्डको बैंकक हुँदै उनीहरू काठमाडौं आएका थिए ।

अजितका साथबाट चार किलो २७० ग्राम गाँजा बरामद गरिएको छ । एनका साथबाट दुई किलो ८९५ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरोमा पठाइएको छ ।

Comment


Related News

Latest News

Trending News