
देशभरका शिक्षकहरुले फेरि काठमाडौं केन्द्रित सडक आन्दोलन सुरु गरेका छन् । देशभरबाट भेला भएका शिक्षक शिक्षिकाहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत आन्दोलन गरेका हुन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षा ऐन जारी गर्न दबाब दिन बृहत आन्दोलन सुरु गरिएको महासंघले जनाएको छ । आन्दोलनमा देशभरबाट शिक्षकहरु आएका छन् ।
उनीहरु माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँ बानेश्वरतिर आइरहेका छन् । विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्ने उनीहरुले बताएका छन् ।
महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यसअघि २०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरुको माग छ ।