२०८१ फाल्गुन २५, आईतवार ११:२१

नेपाली कांग्रेसले आजदेखि ‘मिसन रोजगारु अभियान सुरु गर्ने भएको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार- सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियान सञ्चालन गर्न लागेका हुन् ।

एक वर्षसम्म सञ्चालन हुने यो अभियानको आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक उद्घाटन हुँदै छ ।

रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थालगायतमा वर्षभरी नै छलफल बहस हुने उनीहरूको भनाइ छ । रोजगारी सिर्जना गर्ने उद्देश्यले यस्तो बहस गर्न लागिएको हो ।

Comment


Related News

Latest News

Trending News