
गृहमन्त्री रमेश लेखकले जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्था फर्किन नसक्ने स्पष्ट पार्नुभएको छ ।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले आन्दोलन गरेर फालिसकेको राजसंस्था र राजालाई लोकतन्त्रमा प्रवेश गरिसकेका जनताले फेरि फर्काएर ल्याउँछन् भनेर कसैले विश्वास गर्न नसक्ने बताउनुभएको हो ।
उहाले मुलुकमा विकल्पका रुपमा राजतन्त्र हुन सक्छ भन्ने भ्रममा नबस्न पूर्व राजालाई सुझाव समेत दिनुभयो । गृहमन्त्री लेखकले केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने फैलाएको भ्रममा पूर्व राजालाई हौसिन आवश्यक नरहेको जिकिर गर्नुभयो ।
उहाले मुलुकको लोकतन्त्र संयमित, परिष्कृत, उद्दार र सहिष्णुता रहेकोको बताउँदै जनताले फालिसकेको राजसंस्थाका राजाले सवै स्वतन्त्रतापूर्वक अधिकारको उपभोग गरेर बसिरहेको बताउनुभयो । लोकतन्त्रलाई कसैले पनि कमजोरीका रुपमा नलिन उहाले चेतावनी दिनुभयो ।