२०८१ फाल्गुन २५, आईतवार १६:१८

आइतबार शेयर बजारमा पहिरो गएको छ । आज एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा पुगेको छ ।

आज नेप्से १.६४ प्रतिशतले घट्दा १० अर्ब ९ करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा २४ वटा कम्पनीको शेयर मूल्य बढको छ भने २१७ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज दिनभरमा ३१५ वटा कम्पनीको शेयर १ लाख १२ हजार ३४७ हजार पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी अन्य समूह २.६९ प्रतिशतले घटेर २ हजार ४४.५० विन्दुमा पुगेको छ । आज सबैभन्दा कम ट्रेडिङ समूह ०.८१ प्रतिशतले घटेको छ ।

त्यस्तै वाणिज्य बैंक समूह १.३६ प्रतिशतले, विकास बैंक १.७१ प्रतिशतले, फाइनान्स १.८७ प्रतिशतले, होटल तथा पर्यटन ०.८३ प्रतिशतले, हाइड्रोपावर १.६६ प्रतिशतले, लगानी २.४९ प्रतिशतले, जीवन बीमा १.७४ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.९१ प्रतिशतले, लघुवित्त १.५८ प्रतिशतले, म्युचुअल फण्ड १.०४ प्रतिशतले र निर्जीवन बीमा १.२६ प्रतिशतले घटेको छ ।

Comment


Related News

Latest News

Trending News