२०८१ फाल्गुन २५, आईतवार १७:२१

युगान्डामा जारी चार देशीय महिला टी-२० कपअन्तर्गत नेपाल र युगान्डाबीचको खेलमा नेपाल विजयी भएको छ। नेपालले युगान्डामाथि अन्तिम बलअघि ९ विकेट गुमाएर एक विकेटको जित हात पारेको हो।

टस जितेर बलिङ रोजेको नेपालले युगान्डालाई ७५ रनमा समेटेको थियो। नेपालको जितमा साना प्रविनले १७ र पूजा महतोले १६ रन बनाए। रुविना क्षेत्रीले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सम्झना कुमारी खड्काले ८ रन बनाउँदा कप्तान इन्दु बर्मा ६ रनमै रनआउट भइन्। कविता जोशी पहिलो बलमै आउट हुँदा बिन्दु रावलले २ रन मात्रै जोड्न सकिन्।

रोमा थापा १ रन र रचना कुमारी चौधरी शून्य रनमा आउट भए। रिया शर्मा ४ तथा इश्वरी बिष्ट ३ रनमा अविजित रहिन्।

युगान्डाकालागि जनेट मबाबाजीले ३ तथा सारा वलाजाले २ विकेट लिए।

अब नेपालले फागुन २६ गते हङकङ, फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ।

लिग चरणका खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनलमा भिड्नेछन्।

Comment


Related News

Latest News

Trending News