२०८१ फाल्गुन २५, आईतवार १८:१४

मिटर ब्याज पिडितहरुले जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।

आइतबार मिटर ब्याज विरुछ किसान मजदुर आन्दोलन नेपालको अगुवाइमा सयौंको संख्यामा रहेका मिटर ब्याज पिडितहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।

गत माघ १४ गत्ते भएको वृहत आमसभाबाट घोषणा गरिएको नीति योजना अनुसार आज फागुन २५ गत्ते जिल्ला प्रशासन कार्यालयमा एक दिने धर्ना दिनुका साथै ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल, धनुषाका अध्यक्ष राजाराम यादवले जानकारी दिए ।

उनले गृहमन्त्रालय र सरकारलाई आफूहरुले सचेत गराउन खोजेको बताए । सरकारले कानुन बनाएतापनि त्यसले पिडित भन्दा त्रृmण दिने साहुलाई नै लाभ हुने गरेको गुनासो अध्यक्ष यादवले गरे । सरकारले अहिले ल्याएको कानुनले आफूहरुसंग धोका गरेको आरोप लगाए । सरकारले मिटरब्याज सम्बन्धि कानुन आफूहरुको हितमा हुने गरि परिमार्जन नगरे तीन लाख मिटरब्याज पिडित काठमाण्डौं पुगेर संसद भवन घेराउ गर्ने चेतावनीसमेत उनले दिए ।

Comment

Related News

Latest News

Trending News