२०८१ फाल्गुन २५, आईतवार २२:२५

न्युजिल्यान्डलाई हराउँदै भारतले आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ ।

दुबईमा आज भएको फाइनलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हरायो । न्युजिल्यान्डले दिएको २ सय ५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर भेटायो । भारतका कप्तान रोहित शर्माले ७६, श्रेयस अय्यरले ४८, केएल राहुलले नटआउट ३४ रन बनाए । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनर र माइकल ब्रेसवेलले २/२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनायो । न्युजिल्यान्डका ड्यारेल मिचेलले ६३, माइकल ब्रेसवेलले नटआउट ५३ रन बनाए । भारतका वरुण चक्रवर्ती र कुलदीप यादवले २/२ विकेट लिए ।

भारतको यो तेस्रो च्याम्पियन्स ट्रफी उपाधि हो । भारत यसअघि सन् २००२ मा संयुक्त विजेता र २०१३ मा विजेता बनेको थियो ।

Comment


Related News

Latest News

Trending News