
संयुक्त अरब इमिरेट्स(युएई) मा मादक पदार्थ सेवन (मापसे)गरेर झगडा गर्ने नेपालीहरूको प्रवृति बढेको नेपाली राजदूतावास अबुधाबीले जनाएको छ।
मादक पदार्थ सेवन गरी हो-हल्ला गर्ने नेपालीहरूलाई त्यहाँको प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीपछि फिर्ता पठाइरहेको दूतावासले जनाएको हो।
दूतावासले नेपालीलाई समयमै सचेत रहन र मापसे गरेर होहल्ला नगर्न आग्रह गरेको छ।