
वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा हङकङसँगको खेलमा नेपालले टस जितेको छ ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले बलिङ रोजेकी छिन् ।
यसअघि हिजोको खेलमा नेपालले घरेलु टोली युगान्डालाई १ विकेटले हराएको थियो । यस्तै अस्ति भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।
शृङ्खलामा नेपाल, युगान्डा, नामिबिया र हङकङ छन् । सबै टोलीले एक–अर्कासँग समान २/२ खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ । फाइनल खेल चैत ३ गते हुनेछ ।