
सिराहाको मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिका र कल्याणपुर नगरपालिकाका नागरिकका लागि राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य आगामी चैत ३ गतेदेखि सुरु हुने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र जिल्ला प्रशासन कार्यालय, सिराहाबीच २०८१ फागुन २१ गते भएको समझौताअनुसार यी तीन नगरपालिका क्षेत्रका नागरिकलाई सेवा प्रदान गर्न दर्ता स्टेशन सञ्चालन गरिने भएको छ ।
मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रंजन बरालले सम्बन्धित निकायलाई आवश्यक समन्वय र सहजिकरण गर्न अनुरोध गरेका छन् ।
मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले भने यस सेवाले सम्बन्धित नगरपालिकाका नागरिकलाई राष्ट्रिय परिचयपत्र दर्ता प्रक्रियामा सहजता ल्याउने विश्वास लिएको जानकारी दिए ।