२०८१ फाल्गुन २७, मंगलवार ०७:१६

आफ्नै पार्टीभित्र प्रश्नहरुको सामना गर्न नसकेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पदाधिकारी माथि नै कारबाही थाल्दा असन्तुष्टि तीव्र रुपमा बढेको छ ।

जनमतका अध्यक्ष डा. राउतले पार्टीमा आलोचना गर्नेलाई कारबाही गर्न थालेपछि असन्तुष्ट पक्षलाई एक पछि अर्को गरी स्पष्टीकरण सोध्नेदेखि हटाउनेसम्मको रणनीति लिएका छन् । आइतबार र सोमबारसम्म महोत्तरीको बर्दिवासमा केन्द्रीय समितिको बैठक बस्नु अघि नै अध्यक्ष राउतले उपाध्यक्ष एवं अनुशासन समितिको संयोजक ई. दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई स्पष्टीकरणसहित निलम्बन गरे । कैलाश महतो, डा.रवीन्द्र यादव, जासर यादव लगायतका नेताहरु निष्कासनमा परेका छन् भने उपाध्यक्ष अब्दुल खानलाई समेत स्पष्टीकरण सोधिए पनि गोप्य राखिएको छ । त्यस्तै केन्द्रीय सदस्य शम्भु साहलाई पनि स्पष्टीकरण सोधिएको छ ।

पार्टी भित्र देखिएको स्वेच्छाचारी प्रवृत्तिका कारण उपाध्यक्ष ई. बसन्त कुशवाहासमेत केन्द्रीय समितिको बैठकमा उपस्थित नभएको स्रोतको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News