
नेपाल प्रहरीका संगठन प्रमुख आईजिपी बसन्त बहादुर कुँवरले नेपाली नागरिकको शान्ति सुरक्षासंग प्रत्यक्ष जोडिएको नेपाल प्रहरी संगठन जनताको विश्वास र आशा भरोसाको केन्द्र रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा आईजिपी कुँवरले जनताको विश्वास र आशा भरोसाको केन्द्र रहेको बताए । जिल्ला प्रहरी कार्यालय परिसरमा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच आईजिपी कुँवरले भवनको उद्घाटन कार्यक्रममा नेपाल प्रहरीको संगठन स्थापनाकाल देखि नै अपराध अनुसन्धानसंगै शान्ति सुव्यवस्था कायम गर्न, मानव अधिकारको रक्षा तथा विपदमा उद्धारका लागि अग्रपङ्क्तिमा रहेर जनताको भरोसाको केन्द्र बनेको बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटको सुविधा सम्पन्न भवन निर्माणले जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनितहरुको थप जिम्मेवारी संगै सबैमा ऊर्जा थपिएको उनले बताए । नयाँ भावनाबाट प्रहरी मात्र नभई सेवाग्राही समेत लाभान्वित हुनेछन् । देशको कुल २६६० प्रहरी कार्यालय मध्ये १८६९ को मात्र आफ्नो भवन रहेको छ ।
३७० प्रहरी कार्यालय भाडाको घरमा सञ्चालन गरिएको छ भने ४२१ कार्यालय अन्य निकायको भवनमा सञ्चालन गरिएको आईजीपी कुँअरले जानकारी गराएका थिए । त्यसैगरी मधेश प्रदेशमा रहेको ३९५ प्रहरी कार्यालय मध्ये २९५ को आफ्नो भवन १०० पुरानो तथा जीर्ण भवनमा सञ्चालन गरिएको छ । रौतहट जिल्लाको हकमा ४६ प्रहरी कार्यालय रहेकोमा ४२ को भवन छ ।
जसमध्ये ३० वटाको आफ्नो जग्गा छैन । यसमा प्रदेश सरकार, स्थानीय निकाय र नागरिकको ध्यान जानु जरुरी रहेको छ । कम साधन स्रोतको बावजूद यस्तो अवस्थामा पनि रौतहट प्रहरीले धार्मिक सांस्कृतिक पर्व तथा कार्यक्रममा दुई समुदाय बीचको वर्षौंदेखिको बिवाद समाधानदेखि जघन्य अपराधको सफल अनुसन्धान, महिला तथा बालबालिकाको सुरक्षा लगायत गरेको सेवा प्रदान अतिनै सन्तोषजनक रहेको भन्दै आईजीपी कुँवरले सराहना गरेका थिए ।
उद्घाटन कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी लालमणि आचार्य, गौर नगरपालिकाका मेयर शम्भु साह, रौतहटका सिडियो बिनोद कुमार खड् का, लगायतले शुभकामना मन्तव्य राखेका थिए। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले स्वागत गरेका थिए । नवनिर्मित भवन मात्र नभइ शान्ति सुरक्षा दिने प्रतीक भएको र नयाँ ऊर्जा, प्रदान गरेको बताएका थिए । उनले प्रवृदि मैत्री, सुन्य सहनशीलता, तस्करी नियन्त्रणमा कठोर भएर काम गर्दै जाँदा ५५ हाल विगतको तुलनामा प्रतिशत अपराधमा कमी आएको स्पष्ट पारेका थिए ।
मधेश प्रहरी कार्यालयका इन्जिनियर तथा एसपी इश्वर खड्काले भवन निर्माणको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रहरी प्रधान कार्यालयको कुल १७ करोड, ६४ लाख २७ हजार ६२८ रुपैयाँको लागतमा दुई चरणमा जिल्ला प्रहरी का