
चुरे तथा वनजंगल संरक्षण अभियानले रौतहट जिल्लामा अभियानको अभियन्ता समिति गठन गरिएको छ ।
अभियानका सदस्य नन्दकिशोर रामको अध्यक्षतामा रौतहटको चन्द्रपुर ५ मा बसेको बैठकबाट समिति गठन गर्ने निर्णय गरिएको हो । समितिको अध्यक्षमा अमिरी सहनी उपाध्यक्षमा दिलिप कुमार चौधरी सचिवमा रामानन्द माझी,सहसचिवमा निरश कुमार गुप्ता र कोषाध्यक्षमा अरुणा कुमारी दासलाई चयन गरिएको छ । तयसैगरि सदस्यहरुमा धर्मेन्द्र चौधरी,नविन कुमार माझी,रामकल्याण ठाकुर,गिता कुमारी राय,भूपेन्द्र चौधरी र सुरज राय रहेका छन् ।
गठन गरिएको नव अभियन्ता समितिको आगामी बैठक चैत महिनाको ६ गते बुधबार बस्ने समेत निर्णय गरिएको छ । बैठकमा रामकल्याण ठाकुर ,दिलिप कुमार चौधरी,रामानन्द माझी,निरस कुमार गुप्ता,नविन कुमार माझी लगायत अभियन्ताहरुको उपस्थिती रहेको थियो ।