२०८१ फाल्गुन २७, मंगलवार १०:५५

आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ। आइतबार र सोमबार लगातार बढेको सुनको मूल्य आज घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँ घटेको छ। मूल्य घटेर आज सुन एक लाख ६९ हजार नौसय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको मूल्य तोलाको एकसय रुपैयाँ बढेर एक लाख ७० हजार चारसय रुपैयाँमा कारोबार भएको थियो।

यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको १५ रुपैयाँ घटेर एक हजार नौसय ७० रुपैयाँ कायम भएको छ।

Comment

Related News

Latest News

Trending News