२०८१ फाल्गुन २७, मंगलवार ११:१२

अमेरिकाले तुर्कमेनिस्तानका लागि पाकिस्तानी राजदूत के.के अहसान वागनलाई डिपोर्ट गरेको छ ।

रिपोर्टहरूका अनुसार तुर्कमेनिस्तानका लागि पाकिस्तानी राजदूत वागनलाई अमेरिकालले लस  एन्जलसबाट डिपोर्ट गरेको हो । राजदूत वागनसँग वैध भिसा र सबै कानुनी कागजात हुँदाहुँदै पनि अमेरिकाले प्रवेशको अनुमति नदिएको डेली पाकिस्तानले जनाएको छ ।

अहसान बिदामा लस एन्जलस जाँदै गर्दा अमेरिकी आप्रवासन अधिकारीहरूले उनलाई विमानस्थलमै रोकेका थिए । विदेशमन्त्री इस्हाक डार र विदेश सचिव अमिना बलोचलाई घटनाबारे जानकारी दिइएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले लस एन्जलसस्थित पाकिस्तानी कन्सुलेटलाई यो मामिलाबारे अनुसन्धान गर्न निर्देशन दिएको छ । विदेश मन्त्रालयका प्रवक्ताले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

Comment


Related News

Latest News

Trending News