२०८१ फाल्गुन २७, मंगलवार १४:४१

मधेस प्रदेशमा ८१ वटा अस्पताल निरीक्षण गर्दा ८१ वटा नक्कली भेटिएको भन्दै संसद्मा प्रश्न उठेको छ । त्यस्ता नक्कली अस्पताल र डाक्टरको संख्या यकिन गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै यस्तो प्रश्न उठाएका हुन् । सांसद खतिवडाले नक्कली अस्पताल, नक्कली डाक्टर, नक्कली औषधि तर बिरामी सक्कली हुँदा कस्तो अवस्था आउला भन्दै सरकारलाई प्रश्न गरे ।

“मैले एउटा समाचार पढेँ, मधेस प्रदेशमा ९६ अस्पताल निरीक्षण गर्दा ८१ वटा नक्कली भेटिएछन्,” खतिवडाले भने, “नक्कली अस्पताल, नक्कली डाक्टर, नक्कली औषधि अनि बिरामी चाहिँ सक्कली हुँदा बिरामीको अवस्था के हुन्छ ? सरकारले यतातिर ध्यान देओस् ।”

Comment

Related News

Latest News

Trending News