२०८१ फाल्गुन २७, मंगलवार १८:०७

विराटनगर भन्सार कार्यालयले एउटै नम्बर भएका दुई वटा भारतीय मालवाहक ट्रक पक्राउ गरेको छ।

कावरा ग्रुप नेपाल द्वारा संचालित क्वालिटी केम प्रा.लि.को लागि भारतबाट कच्चा पदार्थ ल्याउँदै गरेका आर जे १४ जी एच ०४३६ नम्बरका दुई वटा ट्रकहरू एकैसाथ भन्सार परिसरमा फेला परेका हुन्।

भन्सार कार्यालयका अनुसार एउटा ट्रक सामान अनलोड गरेर फर्किंदै गर्दा र अर्को ट्रक सोही कम्पनीको सामान बोकी भन्सारबाट निस्किंदै गर्दा दुवै गाडीलाई एकीकृत जाँच चौकी (आईसिपी) को गेटमा पक्राउ गरिएको हो। भन्सार गेटमा इन्ट्री गर्ने बेलामा नम्बर जुधेपछि उक्त ट्रकहरू नियन्त्रणमा लिइएको अधिकारीहरूले जानकारी दिए।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

विशेषज्ञहरूका अनुसार, यस्ता घटनाहरू भन्सार छली गर्ने संगठित प्रयासको संकेत हुन सक्छन्। डोलोमाईटमा ५% भन्सार शुल्क र १३% मूल्य अभिवृद्धि कर लाग्ने हुँदा ठूलो मात्रामा राजस्व छली हुनसक्ने जोखिम देखिएको छ ।

Comment


Related News

Latest News

Trending News