२०८१ फाल्गुन २७, मंगलवार १८:१७

समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने षडयन्त्रलाई प्रतिकार गर्नका लागि भन्दै चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरिएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

गणतन्त्रको पक्षमा र प्रतिगमनको बिरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्न लागिएको उहाले बताउनुभयो । त्यसअघि चैत्र १ गते बुद्धिजीवीसँग अन्तक्र्रिया गर्ने र त्यहि दिन पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको विश्वकर्माले बताउनुभयो ।

उहाले देशलाई प्रतिगमनतर्फ लैजाने हरकत सह्य नहुने निष्कर्ष निकालिएको जानकारी दिनुभयो ।

उहाले देशलाई अशान्तितर्फ ढकेल्ने घटनालाई प्रतिकार गर्नका लागि आम जनतामा अपिल गरिने बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News