२०८१ फाल्गुन २७, मंगलवार १८:२१

जनकपुरधाम उपमहानगरपालिका- १८ भोइलस्थित सडक छेउको खाल्डोमा एक पुरुषको शव फेला परेको छ ।

करिब ३५-४० वर्षीय पुरुषको शव पानी जमेको खाल्डोभित्र फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए । ती पुरुषको हत्या भएको हो कि के भन्ने कुरा अहिले भन्न नसकिने उनले बताए । शवको पहिचान अहिलेसम्म भएको छैन ।

उनका अनुसार प्रहरीको टोली घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेका छन् । शव पोष्टमार्टमका लागि जनकपुरधाम ल्याइनेछ ।

Comment


Related News

Latest News

Trending News