
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले २० वर्षे गुरुयोजना परिमार्जन गर्ने भएको छ । चुरे–तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना २०७४ परिमार्जन हुने भएको हो ।
नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको एक कार्यक्रममा संघीयताले माग गरिए अनुसार सो गुरुयोजनामा परिमार्जन गरिन लागिएको जनाइएको छ । गुरुयोजनामा स्थानीय उपभोक्ता, स्थानीय सरकार, तहलाई पनि समावेश हुने गरी सो गुरुयोजना परिमार्जन गरिने गरी राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले बताए ।
चुरे विनाशबाट सिर्जित भएका वा हुनसक्ने सम्भावित नकारात्मक असरलाई समेत न्यून गर्न २०७१ असार २ गते ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति’ गठन भएको हो । सो समितिले २० वर्षे गुरुयोजना ल्याएको थियो ।