२०८१ फाल्गुन २८, बुधबार ०७:४०
महोत्तरीको जलेश्वरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी खरिदारसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुबाट ३५ हजार रुपैयाँ घुससमेत बरामद गरिएको छ । अख्तियारको टोलीले खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई घुस रकमसहित पक्राउ गरेको जनाइएको छ ।
सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँ रकमसहित कार्यालयबाटै बरामद भएको आयोगले जनाएको छ ।


