२०८१ फाल्गुन २८, बुधबार ०७:४४

पर्साको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले मिथिला कला, पेन्टिंग तथा विभिन्न सामग्रीहरुको प्रदर्शनी एवम् सांस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको छ ।

भारत सरकारको एक जिल्ला एक उत्पादन नीति अनुसार सो प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा मिथिला कला पेन्टिंग तथा स्थानीयस्तरमा निर्माण गरिएका सामग्रीहरुको स्टल लगाइएको थियो । सो कार्यक्रममा विभिन्न विद्यालयका छात्रछात्राहरुले नेपाली, मैथिली, भोजपुरी र हिन्दीलगायतका विभिन्न भाषाभाषीसहितको साँस्कृतीक कार्यक्रमले सहभागीहरुलाई मन्त्रमुग्द बनाएको थियो ।

‘आजु मिथिला नगरिया निहाल सखिया, चारो दुलहामे बड्का कमाल सखियाँ’ लगायत प्रस्तुत गरिएको झिभिया नृत्यले बिभोर बनाएको थियो । सो कार्यक्रममा भारतीय महावाणिज्यदूत देवीसहाय मिना र कन्सुल तरुण कुमारले सांस्कृति कार्यक्रममा सहभागी सबै छात्र छात्राहरुलाई प्रमाण पत्र वितरण गरे ।

Comment


Related News

Latest News

Trending News