२०८१ फाल्गुन २८, बुधबार ०७:४९

एक जना भारतीयलाई नेपाली नागरिकता दिएको भन्दै संसद् भवनमै पूर्वमन्त्रीले बोलेका छन् । सिरहाको नरहा गाउँपालिका–३ मा भारतीय नागरिकलाई नागरिकता दिइएको विषय संसद् मा उठेको छ ।

जसपा नेपालका सांसदसमेत रहेका पूर्वमन्त्री राजकिशोर यादवले सिरहामा नागरिकता बेच्ने काम भएको भन्दै मंगलबार संसद्मा आपत्ति जनाए । तर, यस विषयमा जिल्ला प्रशासनदेखि अख्तियार र गृह मन्त्रालयसम्म उजुरी पर्दा पनि दोषीलाई कारबाही नभएको भन्दै पूर्वमन्त्री यादवले आक्रोश पोखे । सत्ताधारी पार्टी एमालेका वडाध्यक्ष भएकै उनलाई उल्टै संरक्षण मिलिरहेको उनले खुलाए । पूर्वमन्त्री भने, ‘ अब सरकारले बेच्न केही बाँकी रहेन,’ उनले अघि थप्दैँ भने, ‘सिरहामा वडाध्यक्षले नागरिकता बेचेका छन्, तर उजुरी परे पनि उनी सत्ताधारी पार्टीको भएकोले अहिलेसम्म कारबाही हुन सकेको छैन ।’

जिल्ला प्रशासन कार्यालय सिरहाले भारतीय नागरिक मोसताक मियाँलाई नागरिकता उपलब्ध गराएको थियो । मोसताक भारत विहारको मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायतस्थित देउधाका बासिन्दा हुन् । वडाध्यक्ष रुषतम अन्सारीको सिफारिसका आधारमा जिल्ला प्रशासनले २०८० असार २६ मा मोसताकका नाममा १५०१८०– ४३६२ नम्बरको नागरिकता जारी गरेको थियो ।

Comment


Related News

Latest News

Trending News