२०८१ फाल्गुन २८, बुधबार १७:१४

सरकारले जारी गरेको अध्यादेशलाई प्रतिष्थापन गर्न बनेका बिभिन्न पाँच विधेयकहरु प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बिभिन्न पाँच विधेयकहरु सदनमा पेश गरिएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गर्नुभयो ।

त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्नुभयो ।

त्यस्तै बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्नुभएको थियो । प्रतिस्थापन विधेयकमाथि दर्ता भएका विरोधका सूचनाहरुलाई बैठकमा बहुमतले अस्वीकृत गरिएको थियो ।

 

 

Comment


Related News

Latest News

Trending News