
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आगामी चैत ७ गते हुने भएको छ।
प्रतिनिधि सभाको बुधबारको सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम चैत ७ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराए।
सभामुख घिमिरेले यस पटकको प्रश्नोत्तरमा समूह ९ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने बताए।
उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न चैत ३ गते आइतबार दिउँसो २ बजेभित्रमा प्रतिनिधि सभाका सचिवसमक्ष लिखित रूपमा दिन पनि आग्रह गरे।