२०८१ फाल्गुन २९, बिहीबार ०६:१७

सखी बहिनपा मिथिलानी समूहले होरी उत्सव मनाएको छ । जनकपुरधाममा बुधबार एक कार्यक्रम बीच होरी उत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा नाचगानसहित मनाइएको छ ।

सखी बहिनपा मिथिलानी समूहले होरीको उत्सवका साथ विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजनासमेत गरेको थियो । सो समूहले मिथिला क्षेत्रका लोक गीत र नाचगानसमेत प्रस्तुत गरेको थियो ।

स्थानीय कलाकारहरूले मिथिला संस्कृति र परम्परालाई समेटेर आकर्षक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । उत्सवको मुख्य आकर्षण लोकनृत्य र होलीलगायतका गीतहरूको प्रस्तुति रहेको थियो । सो कार्यक्रममा सखी बहिनपा मिथिलानी समूहका संस्थापिका आरती झाले यस उत्सवलाई सामाजिक, सांस्कृतिकसहित एकता, सौहार्द्रता तथा भाइचार ासहित सद्भावको रुपमा लिने गरिएको चर्चा गर्दै उनले जनकपुरधामका सखी बहिनापाले मौलिक संस्कृतिलाई जीवन्त गरी राखेको बताइन् ।

सो कार्यक्रममा भारतको मुम्बईबाट ज्येष्ठ सखी आशा दिदी, राजविराजबाट कञ्चन झा, वीरगञ्जबाट सुनिता झा, विभा झा, आकांक्षा झालगायतका सहभागितासंगै अभिभावक सखी सुनिता मिश्र, इन्दिरा झा, निरा ठाकुर, भारती झा, इन्दिरा चौधरी, आरती चौधरीलगायतले उपस्थिति रहेको थियो । सो कार्यक्रममा बल्हागोठालका महिला होरी समूहको सहभागिता रहेको थियो । जसले परम्परागत जोगिरा र होरी गीत गायन प्रस्तुत गरेकी सखी बहिनपा मिथिलानी समूहकी कोषाध्यक्ष भारती चौधरीले जानकारी दिइन् ।

सो कार्यक्रममा महासचिव पुनम झा मैथिलीले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने सचिव सुनिता मिश्रले उत्सव व्यवस्थापन, सदस्य विन्दु ठाकुर, पुनम मिश्रलगायतकाले समन्वय गरेकी थिइन् । कार्यक्रममा समूहकी सदस्य आरती चौधरी, स्मिता झा, चञ्चला झालगायतको कुशल व्यवस्थापन रहेको थियो भने शिवानी मिश्र, छोटीलगायतकाले प्रस्तुत गरेको नृत्य सहभागीहरुको मन जितेको थियो ।

Comment


Related News

Latest News

Trending News