२०८१ फाल्गुन २९, बिहीबार १०:४५

जनकपुरधामको मिथिला नाट्य कला परिषदको दुई दिवसिय होरी महोत्सव आजदेखि हुने भएको छ ।

होरी महोत्सव अन्तर्गत पहिलो दिन जोगिरा गायन प्रतियोगिताको आयोजना गरिदै छ भने दोस्रो दिन महामुर्ख सम्मेलनको आयोजना गरिने छ ।

होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको बेला त्यसलाई संरक्षण गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।

मिथिलाञ्चलमा जोगिरा (फागु गीत) सुनिन लगभग छोडिएको बेला मिथिला नाट्य कला परिषद् (मिनाप) यो पुरानो संस्कृतिलाई बचाउन प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मलेनको आयोजना गर्दै आएको मिनापका अध्यक्ष प्रमेश झाले बताए ।

जोगिरा गायन प्रतियोगितामा गाउँ गाउँको जोगिरा टोलीलाई बोलाएर प्रतियोगितामा सहभागी गराइने र उत्कृष्ट ३ टोलीलाई पुरस्कृत गरिने झाले बताए ।

जोगिरा गायन प्रतियोगितामा गिद्धा पछवारि टोल धनुषा, मिर्जापुर सर्लाही, बलहा कठाल –महिला टोली), बनौली महोत्तरी, रघुनाथपुर, खैरबन्नी, सिंहासनी सहितको जोगिरा टोली सहभागी हुनेछ ।

त्यस्तै महोत्सवको दोस्रो दिन महामुर्ख सम्मेलन अन्तर्गत मिनापको हास्य शैलीमा व्यङ्गपूर्ण नाट्क प्रस्तुती, हास्य कवि गोष्ठी, मूर्ख एवं महामूर्खको उपाधी वित्तरणसंगै समापन गरिने अध्यक्ष झाले जानकारी दिए ।

जनकपुरधाममा मनाईने होली महोत्सवको प्रमुख आकर्षण मध्ये महामुर्ख सम्मेलन एक हो । होली पर्वको प्रमुख आकर्षण मध्येको महामुर्ख सम्मेलनका लागि जनकपुरधाममा महामुर्खको खोजी कार्य युद्धस्तरमा भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News