२०८१ फाल्गुन २९, बिहीबार १२:३१

चैत्र महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

चैत्र १ गतेदेखि लागू हुनेगरि सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले फागुनकै ब्याजदर कायम गरेका छन् ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १७ वाणिज्य बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ बैंकले घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा हिमालयन, लक्ष्मी सनराइज र नेपाल बैंक रहेका छन् ।

चैत्रमा वाणिज्य बैंकहरुको ब्याजदर औसतमा ५.९३ प्रतिशत कायम भएको छ । फागुनमा यस्तो ब्याजदर औसतमा ६.०१ प्रतिशत कायम थियो ।

चैत्र महिनामा एनआइसी एशिया बैंकमा पैसा राख्दा सबैभन्दा बढी ब्याज पाइने भएको छ । यस बैंकको ब्याजदर चैत्रका लागि ६.६ प्रतिशत कायम गरिएको छ । अन्य करिब एक दर्जन बैंकमा पैसा राख्दा ६ प्रतिशत माथि ब्याज पाइने भएको छ ।

 

Comment


Related News

Latest News

Trending News