२०८१ फाल्गुन २९, बिहीबार १५:२५

राजर्षि जनक विश्वविद्यालय,जनकपुरधामले करार र दैनिक ज्यालादारीमा शिक्षक तथा कर्मचारी सम्वन्धित सूचना प्रकाशित गरेको प्रति समाजवादी विद्यार्थी युनियन नेपालले आपति जनाएको छ ।

युनियन नेपालले आज एक विज्ञप्ती जारी गर्दै विश्वविद्यालयले संविधानको धारा ४ उपधारा १ मा नेपाल स्वतन्त्र अविभाज्य, सार्वभोमसत्ता सम्पन्न धर्म निरपेक्षा,समावेशी लोकतन्त्र,समाजवाद उन्मुख संघिय लोकतान्त्रिक गणतान्त्रमक व्यवस्थालाई समेत लत्याउदै प्रकासन गरेको विज्ञापनप्रति घोर आपति जनाएको छ ।

संविधानको धारा ४२मा समाजिक न्यायको हक व्यवस्था भए अनुसार सोही धाराको उपधार १ देखि ५ सम्म व्यवस्था भएअनुसार नगरि निरंकुशतन्त्रका आधारमा गरेको विज्ञापन तीन दिनभित्र समावेसी सिद्धान्त समेतको कुरालाई मध्यनजर गर्दै संशोधन सहितको विज्ञापनको जोडदार माग गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।

खुद्रे विज्ञापनबाट आफनो आफन्त,नातेदाार र आसेपासे पाल्ने नियतवस गरेको विज्ञापन रद्ध गरि संशोधन सहित विज्ञापन नगरे चरणवद्ध आन्दोलन गर्न बाधय हुने युनियन धनुषाका जिल्ला अध्यक्ष रामभगत यादवद्धारा जारी विज्ञाप्ती माफर्त चेतावनी समेत दिइएको छ ।

 

Comment


Related News

Latest News

Trending News