२०८१ चैत्र १, शुक्रबार ०५:५४

मानव सभ्यताको इतिहासतर्फ ध्यानाकर्षण गर्दा एउटा यक्ष प्रश्नको सामना गर्नु पर्दछ–मानिसको जीवनमा पहिले शत्रु आए, कि मित्र ? समाजशास्त्रीहरुले यसको जवाफ दिएका छन्– राक्षसले भयभीत बनाउन थालेपछि राक्षससंग जोगाउन देउताको खोजी भयो ।

प्राकृतिक विपदाबाट जोगिन यजुर्वेदका मन्त्रहरु रचना भए ।अहिले पनि हामी जति डराएका हुन्छौँ, जति दुःखमा हुन्छौँ, देवी–देवताको त्यति नै अधिक स्मरण गर्छौ । पूजा–अर्चना गर्छौ । आदि मानव प्रकृत्तिबाटै प्रेम गर्न सिके । वंशवृद्धि गर्ने सिखलिए । चराचुरंगीबाट गीतगाउने कला सिके । पेट भर्न मिहिनत गर्न सिके ।

पतझड देखेर निरास भएका आदि मानवहरु रुखमा नयाँ टुसा पलाउँदा, रंगविरंगी पल्लव प्रष्फूटन हुँदा, रंगी–चङीफूलफूलेको देख्दामख्ख पर्नु स्वाभाविक थियो । फेरि मौसम पनि गजबको । न जाडो नगर्मी, नवर्षा र नसुक्खा । वसन्ती हावा चल्दाहरुकै हुने बेला उनीहरुले विशेष आयोजन थाले त्यो थियो– वसन्त उत्सव ।

ऋतुराज वसन्तको अगुवानीमा आयोजित मदनोत्सव । असलमा फागु ऋतुराज स्तुति अनुष्ठान हो । वाच्य तथा लेख्य परम्पराको विकास भए पछि मौसमको नामकरण गरियो । पर्व त्यौहारको नामकरण गरियो अनि फरक फरक पर्व त्यौहारका लागि फरक फरक विधिविधान, खाद्य विधान तथा फरक फरक आंगिक, वाचिक क्रियाकलापसहितका उत्सवहरुको थिति बसालियो ।

ऋतुराजको अगुवानीमा माघ शुक्ल पञ्चमी तिथि देखि फागु पूर्णिमासम्म मनाइने उत्सवलाई फाल्गुणोत्सव, मदनोत्सव, वसन्तोत्सव, कामोत्सव, अर्नगोत्सव र मदन महोत्सव पनि भनिन्छ । महादेवकमो कोपभाजन पश्च्छात् डरेर खरानी भएका कामदेव मदनको पुर्नजन्म वसन्तपञ्चमीकै दिन भएको धर्मग्रन्थहरुमा वर्णित छ । मधु उत्सव, चैत्रोत्सव आदि यसका अन्य नामहरु हुन् ।

मदन कामको देवता मानिएकाले यस पर्वलाई मदन सितजोडेर वर्णन गर्ने चलन अधिक छ । संस्कृत साहित्यमायसको यथेष्ट वर्णन छ ।होली, दीपावली, जूडशीतल आदिपर्व त्यौहारहरु विशुद्ध कृषिउत्सवहरु हुन् । प्रकृतिलाई स्वागत गर्न आयोजित उपक्रमहरु हुन् । कृषि युगबाट सुरु भएका यी पर्व– उत्सवहरुमाथि सांस्कृतिक अन्तर घुलन हुँदै आयो जो अचेल अचेल विभत्स रुपमा हाम्रो सामु उपस्थित छ ।

फागुमा गाइने फगुवा लोप हुँदैछ । वर्षभरिको रिस–राग बिर्सेर मित्रताको सृंखलापुनः शुरु गर्ने परम्परा हराउँदै छ । यसको स्थानमा जाँड, रक्सी र माछा मासु फागुको अनिवार्य तत्व मानिन थालिएको छ ।

यसै कारणले होला– जनकपुरधाममा परम्परादेखि हुँदै आएको फागुलाई विकृत गर्ने प्रयास हँुदैछ । अध्यात्मिक फलप्राप्तिका लागि पन्द्रह दिने मध्यमा परिक्रमामा निस्केका परिक्रमावासीहरु बिहीबार जनकपुराम फर्केका छन् । शुक्रबार नगरको अन्तःगृह परिक्रमा गरी यो अनुष्ठान सम्पन्न हुने छ । अनि शनिबार फगुवा हुड्दंग हुने छ ।

रंग अबिरको फागु पहाडमा शुक्रबार र जनकपुरधाम वरिपरि शनिबार हुने भए पनि नेपालमा भने फागुन ७ गतेदेखि नै सडक रंगीचंगी हुन थालेको छ । पूर्वराजा ज्ञानेन्द्रको सम्बोधन पछि रंगीन भएका सडकहरु अझै रंगीन हुने आँकलन गरिन्छ । पशुपतिनाथसंग गुहार– हे पशुपतिबाबा । नेपालका सडकहरु रंग अबिरले रंगियोस् । रगतले होइन । कारण फागुको मन्त्र हो– जे जिय से खेले फागु । जे मरे से लेखालिय ।।

Comment


Related News

Latest News

Trending News