
महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षिया बालिकालाई जबरजस्ती करणीको आरोप लागेको छ । सई सिंह लोहारपट्टी नगरपालिका वडा ४स्थित पिपराढीमा रेल्वे ट्रैक पोस्टमा कार्यरत छन् ।
उनले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयले सशस्त्र प्रहरी पोस्ट घेराउ समेत गरेका छन् । स्थानीयले पोस्ट घेराउ गरेपछि आरोपी सई सिंहलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएको छ ।
थप जानकारी आउन बाँकी…