
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनालाई कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ ।
मिडिया नेपालको बार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा लिङ्देनले देश अहिले चौवाटोमा पुगिसकेको भन्दै अहिलेको घटनाक्रम हेर्दा नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनालाई कसैले रोक्न नसक्ने दावी गर्नुभएको हो ।
उहाले भीडले नेताहरुलाई विस्थापीत गरेर वा राजनीतिक दलहरुको बीचमा सहमति कायम गरेर राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनालाई हुने भन्दै आफुहरु दलहरु सवै अटाउने प्रजातन्त्रसहिको राजसंस्थामा सहमति कायम गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको जिकिर गर्नुभयो । लिङ्देनले राजसंस्था र प्रजातन्त्र एक–अर्काको बिकल्प हो भन्ने भ्रम फैलाएर समाजलाइ बिभाजित गर्ने प्रयास भएको उल्लेख गर्दै राजसंस्था र प्रजातन्त्र एकअर्काका बिकल्प नभएको धारणा राख्नुभयो ।
उहाले पूर्वराजाको स्वागतमा आफुहरुले अहिलेसम्मै ठूलो जनसागर देखेको बताउनुभयो । यद्दपी केहि सञ्चारमाध्यमले पूर्वाग्राही ढंगले समाचार सम्प्रेषण गरेको उहाले बताउनुभयो । उहाले अहिलेको अवस्थामा सञ्चारजगत पूवाग्राही बन्न नहुने र देशको परिवर्तनको यात्रालाई अन्देखा गरेर देशलाई दुर्घटनार्फत लैजान दिन नहुने उल्लेख गर्नुभयो ।