२०८१ चैत्र ३, आईतवार १३:२५

होली पर्वको दिन धनुषामा दुई स्थानमा विवाद भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मधेश प्रदेशका विभिन्न स्थानमा शनिबार होली पर्व मनाईको थियो । सो क्रममा धनुषाको दुई स्थानमा विवाद हुँदा १ जनाको मृत्यु भएको हो भने १ जना घाइते भएका छन् । दूबै घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जनकपुरधाम २३ को विन्धी स्थित होली खेल्ने क्रममा विवाद हुँदा एक युवकले १८ वर्षिय आशु यादवलाई चक्कु प्रहार गरी हत्या गरेका थिए । यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विन्धीकै धर्मेन्द्र महतोलाई पक्राउ गरि सकेको छ ।

त्यस्तै मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार होली पर्वको दिन धनुषा र महोत्तरी गरी ८ स्थानमा सवारी दुर्घटना भएका छन् । ८ वटै दुर्घटनामा परेर ९ जना घाइते भएको छ । प्रहरीका अनुसार धनुषामा भएको ४ सवारी दुर्घटनामा परेर ४ जना र महोत्तरीको ४ स्थानमा भएको सवारी दुर्घटनामा परेर ५ जना घाइते भएका हुन् ।

यता प्रहरीले होली पर्वलाई ध्यानमा राखेर धनुषा र महोत्तरीमा गरी विभिन्न स्थानमा राखेको चेकिङ्ग प्वाइन्टबाट मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा नियम उल्लंघन गर्दै चलाइएको कुल ९४ सवारी साधनलाई नियन्त्रणमा राखेर होल्डमा राखेको जनाइएको छ ।

धनुषामा ८६ मोटरसाइकल र ४ वटा चार पाङ्ग्रे गाडीलाई होल्डमा राखिएको थियो भने महोत्तरीमा ४ मोटरसाइकललाई प्रहरीले होल्डमा राखेको थियो ।

Comment


Related News

Latest News

Trending News