२०८१ चैत्र ४, सोमबार १२:०२

महोत्तरीको पडौल बजारमा शनिवार राति भएको चोरी घटना विरुद्ध स्थानीय व्यापारीहरु आन्दोलित हुँदै बजार बन्द गराएका छन ।

बलवा नगरपालिका–३ पडौल बजारमा रहेको शिवशान्ति ज्वेलर्सको ताल्चा फोडेर लाखौँको गरगहना चोरी गरेपछि व्यापारीहरु टायर बालेर प्रदर्शन गरेका छन । शनिबार राति जीप चढेर आएका चोरहरूको समूहले लुटपाट गरी बर्दिबासतर्फ भागेको सीसीटीभी फुटेजमा देखिएको थियो ।

शिवशान्ति ज्वेलर्सका सञ्चालक अरुण कुमार साहका अनुसार ५ जनाको समूहमा आएका चोरहरूले पसलमा रहेको २० तोला सुन, १ लाख ५० हजार नगद, पसलमा राखिएको भोल्ट (लकर), क्यामराको हार्डडिस्क चोरी गरेर लगेको छ ।

सुन पसलमा लागेको सिसिटिभी क्यामराको हार्डडिस्क चोरहरूले लगेपछि नजिकै रहेको अन्य क्यामरामा चोरी गर्न प्रयोग भएको जीप र चोरीमा संलग्नहरूको भिडियो कैद भएको छ । पसलमा राति नै चोरी भएपनि आइतबार बिहान ९ बजेमात्रै थाहा भएको सञ्चालक साहले बताए ।

त्यो पसलसहित बजारको अन्य ठाउँमा लागेको सिसिटिभी क्यामेरा सँचालनमा नरहेको भन्दै स्थानीय व्यापारीहरु प्रशासन विरुद्ध नारावाजी गर्दै बजार बन्द गराएका छन् ।

Comment


Related News

Latest News

Trending News