२०८१ चैत्र ४, सोमबार १७:१६

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफूहरु सरकार बनाउनतिर लाग्यो भनेर भइरहेको चर्चाको खण्डन गरेका छन् ।

राजेन्द्र श्रेष्ठको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले आफूहरु आत्मसमीक्षासहित पार्टी निर्माणको अभियानमा रहेको बताए ।

प्रचण्डले भने, ‘हिजोअस्तिदेखि आइरहेको छ, कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भए रे भनेर सोसल मिडियामा आइरहेको छ, तर हामीले अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौं, लिँदैनौं । देशमा संकट आयो भने कसरी समाधान गर्ने भनेर विचार त दिन्छौं, तर यही सरकारमा जाने हाम्रो कुनै नीति छैन । बाँकी प्रचार भ्रम हो ।’

उनले सरकारमा जाने विषयमा अहिलेसम्म कसैसँग छलफल नभएको बताए ।

आफूहरुले राम्रो काम गर्दागर्दै हटाएर भ्रष्टाचारको रक्षा गर्न बनेको सरकार भएकाले सरकारको विषयमा मिलनविन्दु नदेखेको प्रचण्डले बताए ।

Comment


Related News

Latest News

Trending News