२०८१ चैत्र ४, सोमबार १८:३५

नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चाले गर्न लागेको विरोधसहितको जनसभामा हजारौँलाई उतार्ने जनाएको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले चैत १५ गते काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको विरोध सभालाई सफल बनाउन हजारौँलाई उतार्नेसहितको योजनाका साथ अघि बढ्ने निर्णय गरेको हो ।

राजसंस्थाका विषयमा गरिएको कु-प्रचारलाई चिर्दै जनतालाई सडकमा उतार्ने प्रयास गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले राजावादीको प्रदर्शनले दलहरू नडराएको भन्दै गणतन्त्रपक्षधरहरुले जनताको चेतना देखाउनका लागि प्रदर्शन गर्न लागिएको धारणा राखे ।

उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र फर्किने सम्भावना नभएको टिप्पणी गरे ।

Comment


Related News

Latest News

Trending News