२०८१ चैत्र ४, सोमबार १९:५६

धनुषाको सबैला नगरपालिका–९, भठिहनमा चोकको नामकरणलाई लिएर उत्पन्न विवादका क्रममा प्रहरीले चलाएको गोली लागि घाइते भएका युवकलाई काठमाण्डौ रेफर गरिएको छ ।

सोमबार गोली लागेपछि शहीदनगर–१ का संतोष यादवलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाण्डौस्थित ट्रमा सेन्टर पठाइएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

सबैलाको भठिहनस्थित चोकमा एक पक्षले ‘यादव चोक’ लेखिएको बोर्ड राखेपछि अर्को पक्षले त्यसलाई उखाल्दा आइतबारदेखि दुई पक्षबीच विवाद चर्किएको थियो । स्थिति नियन्त्रणमा लिन खोज्दा झडप हुँदा प्रहरीले गोली चलाएको थियो । भागदौडमा अन्य ४ घाइते भएको धनुषा प्रहरी जनाएको छ ।

Comment


Related News

Latest News

Trending News