२०८१ चैत्र ४, सोमबार २०:०१

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिनुभयो ।

प्रहरीे महानिरीक्षक वसन्त कुँवर अवकाशमा जान लागेपछि सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो । थापासँगै एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा रहेपनि सरकारले पहिलो वरियतामा रहेका थापालाई नै महानिरीक्षक नियुक्त गरेको हो ।

Comment


Related News

Latest News

Trending News