
जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमूखी (राराब) क्याम्पसमा स्ववियू चुनावलाई लिएर विद्यार्थीहरुसँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले राराब क्याम्पससहित १५ वटा आंगिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको एकदिन नबित्दै राराब क्याम्पसले सोमबार वार्ता समिति गठन गरिएको छ । वार्ता समितिको संयोजकमा प्राध्यापक संघ राराब क्याम्पस इकाइ समितिका सभापति मुक्तिनाथ साह, उपप्राध्यापक रेमन्त मोरबैता, उपप्राध्यापक रामसेवक ठाकुर, उपप्राध्यापक राजेश झा र उपाप्रध्यापक बिनिता ठाकुर रहेका छन् ।
क्याम्पस प्रमुख बसन्तकुमार कर्णले एक विज्ञप्ति जारी गरी वार्ता समिति गठनको जानकारी दिएका छन् । तर विद्यार्थी संगठनहरुले आफूहरुलाई वार्ता संवादका लागि जानकारी नभएको जनाएका छन् ।