२०८१ चैत्र ५, मंगलवार ०६:३१

धनुषाका एक युवा व्यवसायी तथा समाजसेवीले धनुषाधाम स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय बनाउनका लागि लाखौँ मूल्य बराबरका दुइकठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् ।

धनुषाधाम नगरपालिका वार्ड नं ३ मा रानी दुग्ध डेरी उद्योग संचालन गर्दै आएका सुर्यनाथ यादवले धनुषाधाम– ३ मै रहेका आफनो दुइ कठठा जग्गा नेपाल विद्युत प्राधिकरण धनुषाधामलाई सोमबार प्रदान गरेका छन् । नेपाल विद्युत प्राधिकरण धनुषाधाम शाखाका प्रमुख रोशन कुमार सिंहलाई जग्गाको लालपुर्जा प्रदान गर्दै उनले धनुषाधाम नगरपालिका विकास तर्फ अग्रसर रहेकोले सानो दानलेनै नगरको विकास हुने भएको तथा धनुषाधाममा उत्कृष्ट कार्य गर्न सफल नेपाल विद्युत प्राधिकरणलाई जग्गा प्रदान गर्ने मनशाय पहिले देखि नै रहेकोले सोमबार औपचारिकरुपमा लालपुर्जा प्रदान गरेको बताए ।

यता जग्गा हस्तान्तरण गर्दै प्राधिकरण धनुषाधाम शाखाका प्रमुख रोशन कुमार सिंहले स्थापनाकालदेखि नै भाडाको घरमा कार्यालय संचालन गर्दै आएको र अब आफनै जग्गा प्राप्त भएपछि पहिलो चरणमा वाल लगाउने र अर्को आर्थिक वर्षमा भवन निमार्ण गरिने बताए । यादवले प्रदान गरेको जग्गा धनुषाधाम नगरपालिकाको मुख्य चोकमा रहेको र सो जग्गाको अहिलेको मूल्य पचास लाख जतिको रहेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News