२०८१ चैत्र ५, मंगलवार ०७:२२

आज कोशी र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ ।

कोशीको तराई क्षेत्रमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रही थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै मधेशका थोरै ठाउँमा पनि आज हावाहुरी चल्ने सम्भावना छ । दिउँसोपछि गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहित देशका अरु ठाउँमा आजको मौसम सफा नै रहने अनुमान छ । अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । उच्च पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

Comment


Related News

Latest News

Trending News

सोमंबुबिशु