२०८१ चैत्र ५, मंगलवार १८:२५

नेपाली कांग्रेसले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले चैत १० गते कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकमा राजावादीको प्रदर्शनका बिषयमा पनि छलफल भएको र अहिलेको व्यवस्था र संविधानको रक्षाको लागि सम्पूर्णरुपमा क्रियाशील हुने निष्कर्ष निकालेको उहाले बताउनुभयो । प्रवक्ता महतले सर्वदलीय सरकार बनाउने बिषयमा कुनै छलफल नरहेको जिकिर गर्नुभयो । अहिले विपक्षमा रहेका माओवादीसहित अन्य दलहरू पनि अहिलेकै संविधानको रक्षाको पक्षमा रहेको भन्दै उहाले सरकारमा आउँदा गणतन्त्रपक्षधर बलियो हुने बाहिर हुँदा कमजोर हुने भन्ने परिस्थिति नरहेको बताउनुभयो ।

उहाले समाजवादी मोर्चाले आह्वान गरेपनि कांग्रेस प्रदर्शनमा सहभागी नहुने तर गणतन्त्रको रक्षाका लािग मोर्चाले गरेको निर्णय ठीक रहेको धारणा राख्नुभयो ।

Comment


Related News

Latest News

Trending News