२०८१ चैत्र ६, बुधबार ०६:५५

मार्क द्विनले राजनीति मात्र एउटा यस्तो पेशा हो, जसमा चोरी गर्न सकिन्छ, झुटो बोल्न सकिन्छ, धोका दिन सकिन्छ र यस्तो क्रिपाकलाप गर्दा पनि सम्मानित हुन सकिन्छ । मार्कको भनाइ वर्तमान राजनैतिक परिवेश, मनोदशा, परिस्थिति, मनोवृत्ति, आकांक्षा, आपराधिक संरचना, स्वेच्छाचारी प्रवृत्तितर्फ लक्षित छ । यसले राजनीति के का लागि, कस्तो व्यक्तिका लागि, कस्तो परिवेशका लागि, किन गर्नेलाई पनि बोघ गराउँछ ।

विलियम शेक्सपियरले मन यस्तो सेतो लुगा हो जसलाई जस्तो रंगमा रंगियो भने उसको रंग रंगिएको रंग अनुरुप हन जान्छ । यो भनाइ पनि विचार, व्यवहार, कार्य शैलीतर्फ संकेत गरिएको छ ।

त्यस्तै बेकनको मतमा नराम्रो व्यक्ति त्यो बेला पनि नराम्रो हुनसक्छ जब उ राम्रो भएको स्वांग गर्छ कथनले पनि वर्तमान राजनैतिक चरित्र र नैतिकताको आशय, धरातललाई पुष्टि गर्दछ । प्रतिभा बिना पद प्राप्त भएमा धृतराष्ट्र बन्ने र प्रतिभा भए पनि पद प्राप्त नभएमा कर्ण बन्ने हाम्रो नियति रहेको छ ।

वस्तुतः चरित्र र वस्त्र जतिसुकै सफा भए पनि दृष्टि दागमै केन्द्रित हुन्छ । यी सम्पूर्ण भाव पद्धति, प्रक्रिया, संरचना, राजनैतिक अवस्था, विश्वसनीयता, सममmदारी, आमजनताको संवदेनशीलताप्रतिको उदासीन राजनैतिक चरित्रलाई दर्शाउँछ । यसले शासकीय नेतृत्वकर्ताहरुको कार्य शैली, परिणाम, अवस्थातर्फ चिन्तन गर्न प्रेरित गर्दछ ।

राजनीतिकर्मीहरुको राजनीति कर्म देश र जनताप्रति लक्षित छ कि दलीय स्वार्थ, परिवारजनको उन्नति प्रगति, बर्बाद पार्नेतर्फ उद्यत छ, विचारणीय पक्षहरु रहेका छन् । संघीयत , गणतन्त्रको वातावरणमा यी अवस्थाहरुको लेखन, चर्चा आफैमा पनि संवेदनशीलता बोधक हो । देश, प्रदेश अस्थिर संरचनाले ग्रस्त छ ।

मार्क द्विनले भनेका अनुसार राजनीतिमा चोरी भइरेको छ , झुटो बोल्ने दिनचर्या बनेको छ, राजनीतिक धोकाको खेल उत्कर्षमा छ तापनि सम्मान स्वरुप प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, पार्टी अध्यक्ष, विभिन्न लाभका पद पाउने , महल निर्माण गर्ने, आफ्नो सन्ततिको भविष्य उज्ज्वल पार्ने, कुशासन मौलाउने, शासकीय संरचनामा स्वेच्छाचारी प्रवृति हावी छ ।

यसले कवि अज्ञेयको कवितालाई स्मरण गराउँछ– सर्प ! तिमी सभ्य त हुन सकैनौं, नगरमा बस्न पनि तिमीलाई आएन, एउटा कुरा सोध्छु, जबाफ दिन्छौँ ? तिमी दन्श गर्न कसरी सिक्यौँ, विष कहाँबाट प्राप्त ग¥याँै ? राजनीति वेत्ता एवं कूटनीतिज्ञ चाणक्यको मतमा सर्पको विष उनको दाँतमा, झिंगाको विष शिरमा, बिच्छको विष पुछारमा हुन्छ अर्थात यी बिषालुको एक – एक अंगमै विष हुन्छ तर दुर्जन मनुष्यको प्रत्येक अंगमा नै विष हुन्छ ।

नेपालका राजनीति बेत्ता एवं कूटनीतिज्ञहरुको चाणक्यको मत बमोजिम तुलना गर्दा दुर्जन व्यक्तिकै श्रेणीतर्फ संकेत गर्दछ । विषालु प्राणीले विशेष परिस्थतिमा विष प्रयोग गर्छ भने दुष्टले सधैं विषको प्रयोग गरिरहने मनोविज्ञानबाट ग्रसित हुन्छ । राजनैतिक अस्थिरता, भ्रष्टाचार, विकासमा शिथिलता, कुशासन विष स्वरुप धारण गरी सर्वत्र फेलिंदै गइरहेको छ ।

नेता , कर्मचारी , नेतृत्वकर्ताहरुको कर्तुत विष नै हो, जसले सम्पूर्ण संरचनालाई नै विषालु बनाउँदै गइरहेको छ । जल, अन्न, हितकारी वचनलाई रत्न मानिएको अवस्थामा मूर्ख व्यक्ति ढुंगाको टुक्रालाइ र्नै रत्न मान्ने गरेको बुढापाकाको भनाइ बमोजिम कर्तुत ढाकछोप गर्नेले अस्थिरतालाई रत्न मान्दै सत्तालाई समेत विषालु बनाउन उद्यत छन् । जसले निराशाको बादल मडारिनमा सघाउ पु¥याइ रहेको छ ।

प्रज्ञा प्रतिष्ठान र विश्वविद्यालयलाई मृत्यु शैयामा पु¥याउन खोज्ने शासकको वर्चश्व छ । कामकाजको भाषा अन्तर्गत विदेशी भाषासँग साइनो लगाउन खोज्ने , विकास योजनालाई क्रय बिक्रय गर्ने मपाई, आम सञ्चार, पत्रकारिता, चलचित्रका अध्यक्षलाई कार्यालय सहयोगी जस्तै कार्यकाल बिताउनु पर्ने बाध्यता, मुख्यमन्त्री, गृहमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीले नटेर्ने, योग्यभन्दा पनि आफ्नो वफादारलाई पद मा स्थापित गराउने तानाबाना, कुनै पद रिक्त हुँदा इथियोपियामा भुखले व्यग्र भइ लुछाचुडी गर्ने अवस्था झै आफ्नै दलका मान्छेलाई योग्य ठान्ने तछाड मछाड, आफ्नो दायित्वभन्दा पनि केटाकेटीपनमूलक गतिविधिलाई सफलताको मापन बनाउन खोज्ने होडबाजी छ जसले पद्धतिप्रति निराशा रुपी बिष विस्तार गरिरहेको छ ।

दुशासनजन्य घात गर्नेलाई चाणक्य ठान्ने भूलभुलैयाको अवस्था छ । यहाँ जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले केही महिना पूर्व रजनीशको जन्मोत्सवमा काठमाण्डुमा आयोजित समारोहमा भनेका शब्द स्मरण भएको छ । उक्त समारोहमा उनले भनेका थिए – अमेरिकामा बस्दा जिज्ञासा थियो, सपना थियो, प्रश्न गर्ने धोको हुन्थ्यो, प्रश्न नगर्नेलाई राम्रोमा गणना हुँदैन्थ्यो । नेपाल आएर राजनीति क्षेत्रमा होमिदा इच्छा मरेको छ, आख्यानहरु मरिसकेका छन्, आकांक्षा छैन, प्रश्न गर्ने जिज्ञाशा समाप्त भइसक्यो……….।

यो भनाइको केही दिन पछि उनीबाट टेलिभिजन संवादमा पत्नीलाई त्याग्नेहरुले सफलताको पाएका दृष्टान्तको प्रस्तुति भयो । यी आरोह अवरोहका क्रममा एक दिन महेन्द्र नारायण स्मृति सांस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा उनले राजनीतिमा होमिएको कारण बारे स्पष्ट गरे – एकपल्ट अमेरिकाबाट गाउँ आउँदा आफूलाई ज्ञानी, ठूलो मान्छे भन्दै गाउँमा सिंचाइको अभाव र व्यवस्थापनका बारेमा आग्रह गरेपछि लहान स्थित सिंचाई कार्यालयमा सम्पर्क गरेको तर समस्या समाधान भएन ।

त्यसपछि पश्चिमको यात्रा गर्दा त्यहाँ देखिएको दुर्दान्त अवस्था नै आफ्नो राजनीतिमा प्रवेशको बिन्दु बन्यो । जे जस्तो भए पनि वर्तमानमा म सन्तुष्ट छु । हालसालै वर्दिवासमा केन्द्रीय समितिको बैठक पूर्व नै समितिका पदाधिकारी निलम्बन, आर्थिक चलखेल, स्वेच्छारितालगायतका घटनाक्रमले चर्चा पाइरहेको छ ।

यी प्रसंगहरु उल्लेख गर्नुको आशय कहाँ छन् मधेश, स्वराज्य, युवाहरुलाई पलायन हुनबाट रोक्ने स्वप्न महल ? अंग्रेजी शब्द पर्सनलिटी अद् भूत छ । ग्रीक नाटकमा मुखमा मुखौटा लगाइ नाटक गर्ने पात्रलाई परसोना भन्ने चलन थियो । नाटकमा अरुको अनुहार लगाउनेलाई परसोना भनिन्थ्यो । सोहीबाट पर्सनलिटी शब्दको निर्माण भएको मत पाइन्छ ।

चरित्र मार्ग अन्तर्गत जिन्दगीमा अस्थिरता, भ्रष्टाचार, दुष्कर्म, व्यभिचार, निरंकुश, चरित्रहीन अपारदर्शी, वासना, परिवारवाद, जातीयवाद, संकीर्ण, स्वार्थ, महत्वाकांक्षा, दम्भको अनुहार लगाएका छौं, त्यसैलाई रत्न मान्दै गएका छौं र त्यसैलाई नै व्यक्तित्वको संज्ञा दिएका छौँ । अनि त राउतकै दलका मुख्यमन्त्री सतीश कुमार सिंह महामूर्खको उपाधि ग्रहण गर्न घण्टौं समय व्यतीत गर्नमा रत्तीभर पनि संकोच मान्दैन । किन कि उनका अध्यक्ष राउतको मानसिक चक्रमा सन्तुष्टि रुपी विष विस्तार भइसकेको छ, उनलाई कुनै डर छैन, पश्चाताप छैन, चिन्ता छैन ।

प्रश्न उब्जेको छ – अज्ञान रुपी शक्तिवद्र्धक परिदृश्यका पात्र को हुन् ? समयले नाम र निशान बगाएर लैजान्छ, कोही अहम्मा रही रहन्छन त कोही वहम्मा । सम्भवतः यसै कारणले भनिएको होला जहाँ मुर्खहरुको मञ्च हुन्छ , त्यहाँ सबै सरपञ्च नै हुन्छ ।् यस्तोमा वट्र्रेन रसेलले लेखेको एउटा मजाक स्मरण हुन्छ – यसका लागि डर लाग्छ कि एक त मोक्षमा कुनै प्रश्न नै हुँदैन, किन कि त्यहाँ सबै ज्ञानी होलान्, पूर्ण ज्ञानी बन्दै होलान् । कुनै कुराकानी हुँदैन होला, त्यहाँ चहार्ने कुनै स्थान नहोला ।

Comment


Related News

Latest News

Trending News