
शैक्षिक संस्थानद्वारा विद्यार्थीहरुसँग लिइने शुल्क विषयलाई लिएर शैक्षिक सत्र शुरु हुनु भन्दा पूर्व नै जनकपुरधाम उपमहानगरपालिका गम्भीर देखिएको छ ।
संस्थागत विद्यालयलाई २०८२ को शुल्क प्रस्ताव १५ दिन भित्र पठाउन आज उपमहानगरपालिकाले अनुरोध गरेको छ ।
शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्रलाल कर्णले विभिन्न विद्यालयको नाउँमा पत्र काटी शुल्कको प्रस्ताव विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराइ १५ दिन भित्र पेश गर्न आग्रह गरेका छन् ।
संस्थागत विद्यालयहरु विद्यार्थीहरुसँग चर्को पैसा असुली गरिरहेको आरोप लागिरहेको बेला शुल्कको व्यवस्थापन गर्न यसप्रकारको पत्र पठाइएको नगरपालिकाका एकजना अधिकारीले जनाएका छन् ।